Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • बैंकिङ कसुरका फरार अभियुक्त डेढ बर्षपछि पक्राउ


    मंगलबार, साउन १७ २०७९
    940
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी गोर्खमान तामाङलाई भक्तपुरको गट्ठाघरबाट प्रहरीले पक्राउ गरेको छ ।

    भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–१ घर भएका ४२ वर्षीय तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत पाटनको २०७७ माघ १९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद, नगद ६ लाख रुपैयाँ जरिवाना र नगद २४ हजार रुपैयाँ क्षतिपूर्ति शुल्क भराउने सजाय भई फरार भएका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान शाखा जावलाखेल ललितपुरबाट खटिएको प्रहरीले भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत लगनखेल पठाइएको छ । 

     यसैगरी बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१० पुरानो बानेश्वर बस्ने खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ घर भएकी ३५ वर्षीया माया बस्नेत थापालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ९० लाख रुपैयाँ बिगो रहेको बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले ललितपुर, ललितपुर महानगरपालिका–१६ बङ्गलामुखीबाट पक्राउ गरेको हो । 

    साथै थापाले विभिन्न व्यक्तिहरूलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गरेको सम्बन्धमा वैदेशिक रोजगार विभागमा उजुरी परी पक्राउ पूर्जीसमेत जारी भएको खुल्न आएको छ । उनलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार