Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • थप ८ सय १४ जनामा कोभिड संक्रमण


    मंगलबार, साउन १७ २०७९
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा थप ८ सय १४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

    देशभर गरिएको २ हजार ७ सय ६२ पिसिआर परीक्षणका क्रममा ५ सय ९ जना र २ हजार ६ सय ५३ एन्टिजेन परीक्षणका क्रममा ३ सय ५ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण मंगलबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    त्यस्तै थप २ सय ९९ संक्रमित कोभिडमुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ७० हजार ६ सय २५ जना निको भएका छन् ।

    हाल नेपालमा ५ हजार १ सय ४४ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार