Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विप्लवमाथि पक्राउ पुर्जी जारी गर्नु फेरि युद्धमा धकेल्नु सरह : नेकपा एमाले


    मंगलबार, साउन १७ २०७९
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले विप्लव समूहलाई कारबाही गर्ने पत्र काटेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधि सभा बैठकमा विरोध गरेको छ । बैठकको विशेष समयमा बोल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले सरकारले काटेको पत्र फिर्ता लिन आग्रह गरेका छन् ।  

    उनले एमाले सरकारले विप्लव समूह र सिके राउतलाई शान्ति प्रक्रियामा ल्याइसकेको अवस्थामा विभिन्न बाहानमा सरकारले विप्लव समूहलाई पत्र काट्ने र उनीहरूलाई फेरी त्यही बाटो रोज्न विवश बनाउन सरकार उद्धत भएको बताए । 

    उनले हालै सकारले विप्लव समूह भनेर चिनिने नेकपा समूहलाई फेरी थप कारबाहीका लागि पत्र पठाएको सुनेको बताउँदै कुनै बेला हिंसाको बाटो रोजेको र हतियार बोकेर सशस्त्र युद्धमा होमिएको समूहलाई तत्कालीन केपी ओली नेतृत्वको नेकपा एमालेको सरकारले ३ बुँदे सम्झौता गरेर शान्तिपूर्ण बाटोमा ल्याएको स्मरण गराए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार