Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद बैठकमै सांसद गुरूङले भनिन्– ‘मेरो घरमा बम प्रहार भयो’


    मंगलबार, साउन १७ २०७९
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)की सांसद रेणुका गुरूङले आफ्नो घरमा अज्ञात समुहले बम प्रहार गरेको बताएकी छिन् ।

    महाराजगञ्ज स्थित आफ्नो निवासमा सोमबार बेलुकी सवा ८ बजे राति बम प्रहार भएको उनले बताएकी हुन् ।

    आज प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गुरूङले बम प्रहार भएका कारण पुरै परिवार असुरक्षित भएको बताउादै सुरक्षाको समेत माग गरेकी छिन् ।

    ‘सोमवार राति सवा ८ बजे देशदोह्रीले मेरो घर भित्र बम पड्काए, घरका सबै आतंकित भएका छौं’, बैठकमा सांसद गुरूङले भनिन्– ‘दुई जना लोग्ने मान्छे मोटरसाइकमा गएको देखें, अध्याँरो भएकाले चिन्न सकिनँ ।’ 

    पछि महाराजगञ्जमा प्रहरीलाई फोन गरेपछि प्रहरी आएर कम्पाउण्ड भित्र रकेट बमको खोल प्रहरीले लिएर गएको सांसद गुरूङले बताईन् ।

    शुरक्षाका लागि सांसद गुरूङले आफुलाई आजिवन पिएसओ प्रदान गर्न समेत माग गरिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार