काठमाडौं । लुम्बिनी प्रदेशमा नेपाली काँग्रेसले मन्त्री परिवर्तन गर्ने या नगर्ने विषयमा आज टुङ्गो लगाउने भएको छ ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्र कनौडियाले मन्त्रीहरू परिवर्तनको विषयमा केन्द्रीय नेताहरूसँगै छलफल गरेर आज नै टुङ्ग्याउने बताएका हुन् ।
काठमाडौँमा रहेका कनैडियालले प्रधानमन्त्री र गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर यो विषयमा आज फाइनल गर्ने बताए । उनले भने, मन्त्री परिवर्तन गर्ने या नगर्ने भन्ने कुरा फाइनल गर्नका लागि आज म नेताहरूलाई भेट्दै छु ,जे हुन्छ आज हुन्छ ।’
नेपाली काँग्रेसको प्रदेश संसदीय दलको असार १३ गते बसेको बैठकले मन्त्रीहरू परिवर्तन गर्ने विषयमा निर्णय गरेको थियो । तर प्रदेशको निर्णयमा केन्द्रीय नेताहरूको राय माग्दा ढिलाइ भएको हो ।
लुम्बिनीमा सरकार गठनका बेला २०७८ साउनमै सरकारको नेतृत्व आठ/आठ महिना गर्ने गठबन्धनमा भद्र सहमति भएको थियो । तर, केन्द्रीय गठबन्धनमै समस्या पर्ने भन्दै केन्द्रबाट सरकारको नेतृत्व परिवर्तन नगर्ने बरु मन्त्री परिवर्तन गरेर समाधान खोज्ने सहमतिपछि मन्त्री परिवर्तनमा गठबन्धनका दुई दल लागेका छन् ।
नेपाली काँग्रेसले मन्त्रीहरू फेर्नासाथ माओवादीले पनि फेर्ने तयारी गरेको छ । तर त्यसो नभएमा अहिलेकै मन्त्रीहरु यथावत् रहने माओवादीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले रातोपाटीलाई बताए । काँग्रेस र माओवादीबीच प्रदेश सरकारको बजेट पारित गरेपछि साउन ५ भित्र लुम्बिनी सरकारका मन्त्री हेरफेर गर्ने आन्तरिक सहमति भएको थियो । त्यही अनुसार काँग्रेसले असार १३ गते नै संसदीय दलको बैठक बोलाएर मन्त्री हेरफेर गर्ने विषयमा निर्णय गरेको थियो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend