काठमाडौं । मोरङ प्रहरीले सीमावर्ती क्षेत्रबाट ३६ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको जहदा गाउँपालिका–२ हरिनगराबाट मङ्गलबार बिहानका ३६ किलो गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।
नेपालबाट भारतको जोगवनीतर्फ लैजादै गरेको अवस्थामा गाँजासहित जहदा-२ का २५ वर्षीय मुकेश गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताए ।
तीन जनाले बोकेर भारततिर लैजाँदै गरेको अवस्थामा प्रहरीसँग जम्काभेट भएपछि अन्य दुई जना भने फरार भएको प्रहरीले बताएको छ ।
पक्राउ परेका गुरुङलाई र अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको उनले बताए । गुरुङलाई लागुऔषध ऐनअन्तर्गतको मुद्दा लगाउने प्रहरीको तयारी छ ।