Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ड्रोन हमलामा अल-कायदा प्रमुख मारिएको अमेरिकी राष्ट्रपति बाइडनले गरे पुष्टि


    मंगलबार, साउन १७ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकी ड्रोन हमलामा अल-कायदाका नेता अयमान अल जवाहिरी अफगानिस्तानमा मारिएका छन्।

    अमेरिकी गुप्तचर संस्था सीआईएको प्रतिआतङ्कवाद कारबाहीमा आइतबार अफगानिस्तानको राजधानी काबुलमा उनी मारिएको अमेरिकी राष्ट्रपति जो बाइडनले पुष्टि गरेका छन्।

    ‍बिबिसीका अनुसार बाइडनले जवाहिरीले अमेरिकी नागरिकहरू विरुद्ध हत्या र हिंसाको गोरेटो कोरेको आरोप लगाएका छन्। उनले  अब न्याय मिलेको  भन्दै आतङ्कवादी नेता जवाहिरी जीवित नरहेको बताएका हुन्।

    घरको कौसीमा बसिरहेका जवाहिरीमाथि ड्रोनले दुई वटा क्षेप्यास्त्र प्रहार गरेको थियो। परिवारका अन्य सदस्यसँगै भए पनि उनीहरूलाई कुनै क्षति नपुगेको र जवाहिरीमात्रै मारिएको अधिकारीहरूले दाबी गरेका छन्।

    ७१ वर्षीय अल-कायदा नेता विरूद्ध आफूले लक्षित हमलाका लागि अन्तिम स्वीकृति दिएको राष्ट्रपति वाइडेनले बताएका छन्। ओसामा बिन-लादेन मारिएपछि जवाहिरीले अल-कायदाको नेतृत्व लिएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार