Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विप्लव र प्रकाण्डसहित २३ जना विरुद्ध पक्राउ पुर्जी जारी


    मंगलबार, साउन १७ २०७९
    1.9K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सोमबार ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहितका नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

    महासचिव विप्लवसहित पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोला, स्थायी कमिटी सदस्य सन्तोष बुढामगर, उपत्यका ब्यूरो इन्चार्ज नवीन विश्वकर्मा, सैन्य ब्यूरो इन्चार्ज दीपक भनिने उदय बहादुर चलाउने, उमा भुजेलसहितका २३ जना नेतामाथि ४ वटा कसुरमा ३५ दिने पक्राउ पुर्जी जारी गरिएको छ ।

    हातहतियार तथा खरखजना, विस्फोटक पदार्थ बिस्फोटन गराइ कर्तव्य ज्यान र राज्य विरुद्धको अपराध, हतियार तथा बिस्फोटक पदार्थसम्बन्धी कसुर, आपराधिक लाभ र संगठन अपराधको कसुरमा २३ नेता कार्यकर्तामाथि ३५ दिनभित्र अदालत उपस्थित हुन भन्दै सोमबार गोरखापत्रमा सूचना नै प्रकाशित गरिएको छ।

    उक्त सूचनाअनुसार अबको ३५ दिनभित्र अर्थात् आगामी भदौ २० गतेभित्र विप्लवसहितका नेता जिल्ला अदालत ललितपुरमा उपस्थित हुनुपर्नेछ। सूचनामा उल्लेख अनुसार आगामी भदौ २० गतेसम्म अदालतमा उपस्थित नभए मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६५ अनुसार हुने समेत उल्लेख गरिएको छ। 

    उक्त दफा अनुसार तोकिएको समयसीमामा विप्लवसहितका नेता अदालतमा उपस्थित नभएमा उनीहरुको नाममा रहेको सम्पत्ति रोक्का हुने, संस्था नवीकरण गर्नुपर्ने भएमा नवीकरण नगर्ने, बैंक खाता समेत रोक्का समेत हुनेछ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार