काठमाडौं । तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएकाहरुको शव प्रहरीले उठाएको छ ।
केहीबेर अघि स्थानीयवासीले पोस्टमार्टमका लागि शव उठाउन खोज्दा अवरोध सिर्जना गरेका थिए । अहिले भने पोष्टमार्टमका लागि मृत भेटिएका चारैजनाको शव उठाइएको हो ।
आज सोमबार विहान गोरखाको भीमसेन थापा गाउँपालिका– ६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका मृत भेटिएका थिए ।
परिवारका सदस्यहरुको हत्यापछि आत्मा हत्या गरेका भनिएका दिनेश करिव १२ वर्ष कुवेतमा बसेर साढे ४ वर्षअघि नेपाल फर्किएका थिए । दिनेश र श्रीमती सुनिताबिच मेलमिलाप थिएन । दिनेश र सुनिता पारिवारिक झगडा लिएर ३ पटकसम्म प्रहरीको वालाजु वृत्तमा पुगेको पाइएको छ ।