Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इन्धनको मूल्य भारतबाट घटेर आयो, नेपालमा अझै घटेन ? 


    सोमबार, साउन १६ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य भारतबाट घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) इन्धनको मूल्य घटाएर पठाएको हो । 

    भारतबाट पेट्रोलमा १६ रुपैयाँ ८० पैसा र डिजल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा मूल्य घटेर इन्धन नेपाल आएको छ ।

    त्यसैगरी हवाई इन्धनमा ९ रुपैयाँ प्रतिलिटर र खाना पकाउने एलपीजी ग्याँसमा प्रतिसिलिण्डर ७८ रुपैयाँ घटेर आएको छ ।

    भारतबाट मूल्य घटेर आएको भए पनि नेपालमा मूल्य घट्ने नघट्ने एकीन छैन । आयल निगमले बोर्ड बैठक बसेपछि मात्रै घट्नेबढ्ने निर्णय गर्ने जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार