सांकेतिक तस्विर
काठमाडौं । तारकेश्वरमा एकै परिवारका चार जना मृत अबस्थामा भेटिएका छन् ।
काठमाडौंको तारकेश्वर नगरपालिका–११ तारकेश्वरमा श्रीमान–श्रीमती र दुई छोराछोरीको शव फेला परेको छ । प्रहरीका अनुसार १३ वर्षकी छोरी र ८ वर्षका छोरासमेतको हत्या भएको छ तर उनीहरुको पहिचान भने अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा काठमाडौं प्रहरी परिसर, प्रहरी वृत्त बालाजु र काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोली पुगेको छ ।४ जनाको शव फेला परेको तर हत्या वा अन्य के कारण भन्ने नखुलेको प्रहरीले जनाएको छ । उनीहरुको हत्या कसले र किन र कसरी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अहिले त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक विशेषज्ञको टोली पनि घटनास्थलमा पुगेको छ ।