Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सत्तारुढ गठबन्धन कायम रहेसम्म सबै क्षेत्र अस्तव्यस्त : विष्णु पौडेल


    आइतबार, साउन १५ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष  विष्णु पौडेलले सत्तारुढ गठबन्धन कायम रहँदासम्म देशको सबै क्षेत्र अस्तव्यस्त हुने बताएका छन् ।
    उपाध्यक्ष  विष्णु पौडेलले आज मदन भण्डारी स्पोर्टस एकेडेमी रुपन्देहीले आयोजना  गरेको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७८/०७९ का विजयी खेलाडीहरुको सम्मान कार्यक्रममा बोल्दै  मुलुकलाई सही दिशा निर्देश गर्ने र ठीक ढंगले नेतृत्व गर्ने पार्टी एमालेमात्र रहेको बताए ।

    एमाले सरकारबाट हटेपछि देशमा देखिएको बेथितीले पनि एमाले बाहेक अरुले नेतृत्व गर्न नसक्ने कुराको पुष्टि हुने पनि उपाध्यक्ष पौडेलको भनाई थियो ।

    यो गठबन्धनलाई मुलुकको चिन्ता भन्दा पनि सत्ता कसरी जोगाउने भन्ने मात्र चिन्ता रहेको भन्दै उनले राष्ट्रिय हितको रक्षा, मुलुकको विकास र समृद्धिको एजेण्डामा गठबन्धनको कुनै चासो नरहेको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार