Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अर्थमन्त्री शर्माद्धारा पद तथा गोपनीयताको सपथ ग्रहण


    आइतबार, साउन १५ २०७९
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् ।

     आज (आइतबार) साँझ राष्ट्रपति भवनमा आयोजित विशेष सारोहमा राष्ट्रपति भण्डारीले अर्थमन्त्री शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

    उक्त समारोहमा उपपारष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटासहित संवैधानिक अगंका प्रमुखको उपस्थिति थियो ।

    करका दर हेरफेर गरेको आरोपमा राजीनामा दिएका जनार्दन शर्मालाई संसदीय छानविन समितिले क्लिन चिट दिएसँगै उनी अर्थमन्त्रीको रुपमा फर्किएका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई नै अर्थमन्त्रीमा फर्काउने इच्छा देखााएपछि शर्मा अर्थमन्त्रीको रुपमा फर्किएका हुन् ।

    संसदीय विशेष छानविन समिति गठन भएपछि शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए। शर्मालाई अर्थमन्त्री बनाउने देउवाले चाहना राखेपछि उनले मन्त्री क्वाटर समेत छोडेका थिएनन् ।

    शर्मा मन्त्री नियुक्तपछि हाल प्रधानमन्त्रीले सम्हाल्दै आएको अर्थ मन्त्रालयको जिम्मेवारी शर्मालाई दिइएको छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार