Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मिटरब्याजी विरूद्ध कडा कदम चालिनेछ : मुख्यमन्त्री राउत


    आइतबार, साउन १५ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मिटरव्याजी विरूद्ध कडा कदम चाल्ने बताएका छन् ।
     
    मिटर व्याज विरूद्ध संघर्ष समितिको ज्ञापन पत्र बुझदै मुख्यमन्त्री राउतले मिटरव्याजीहरू बाट पीडितहरूको पक्षमा प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्नु हुँदै उनिहरू विरूद्ध कडा कदम चाल्ने आश्वासन दिए ।
     
    मिटर व्याज सरकारको लागि ठुलो चुनौती बन्दै गएको उल्लेख गर्नु हुँदै राउतले समाजको विकृतिको रूपमा रहेका मिटरव्याजीहरूलाई कानूनको दायरा भित्र ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । 
     
    संघर्ष समितिका संयोजक मनोज कुमार पासमान नेतृत्वमा मुख्यमन्त्री निवास मधेशभवन पुगेका पीडितहरूले ७ बुन्दे माग सहितको ज्ञापन पत्र मुख्यमन्त्री राउतलाई बुझाएका थिए ।
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार