काठमाडौं । नेपाल प्रहरीले १३ एसपीको काजसरुवा गरेको छ । काजसरुवामा जिल्लाको इन्चार्ज पाउने एसपीहरुमा प्रभुप्रसाद ढकाल सुनसरी, दिलीप घिमिरे इलाम, ज्ञानेन्द्रप्रसाद फुयाँल उदयपुर छन् ।
त्यसैगरी, नुवाकोटको एसपीमा रमेश पण्डितको काज भएको छ भने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरीको प्रमुखमा ज्ञानप्रसाद महतोलाई खटाइएको छ ।
दिलीप घिमिरेको साउन ८ मा डोटीमा भएको थियो । तर उनी डोटी गएका थिएनन् । महतोलाई बारामा सरुवा गराउन खानेपानी मन्त्री उमाकान्त चौधरी लागेका थिए । तर चौधरीको जोड नचलेपछि उनी इटहरी ट्राफिकमा पुगेका छन् ।