Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेयर बजारमा हरियाली, कारोबार रकम ४ अर्ब ६० करोड


    आइतबार, साउन १५ २०७९
    770
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । साताको पहिलो कारोबारमा सेयर बजार परिसूचक उच्च अंकले वृद्धि भएको छ। आइतवार बजार परिसूचक ५४.५८ अंकले बढेको हो। गत साताको अन्तिम कारोबार पश्चात २१४०.५३ रहेको समग्र बजार परिसूचक आजको कारोबार पश्चात २१९५.१० अंकमा उक्लिएको छ ।

    आइतवार बजार परिसूचक ५४.५८ अंक अर्थात २.५५ प्रतिशतले बढेको छ। यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ९.७२ अंक बढेर ४१९.२० अंकमा कायम रहेको छ। साताको पहिलो कारोबारमा कारोबार रकममा पनि बढोत्तरी भएको छ। ४ अर्ब ६० करोड ९७ लाख ९१ हजार २ सय ७२ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।

    ७ हजार ७ सय ४० पटकमा १ करोड १३ लाख ३९ हजार ४सय ७६ कित्ता सेयर खरिद बिक्री भएको छ जसमा २२० कम्पनी सामेल थिए । बढ्दो बजारमा १२६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५१ कम्पनीको सेयर मूल्य घटेको छ।

    बजार बढ्दा आइतवारको कारोबारमा नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आइएमई जेनेरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स कम्पनी तथा युनाइटेड आइडीआई मार्दी आरबी हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार