Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु


    आइतबार, साउन १५ २०७९
    630
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाण्डाै । जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ बुलबुलेमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

    सुर्खेतबाट मुगुका लागि छुटेको लु १ ज ३७३४ नम्बरको जीप दुर्घटना हुँदा मुगु जिल्ला राराछायाँनाथ नगरपालिका–२ का २५ वर्षीय दीपक तिरुवाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

    ब्रेक फेल भएर जीप दुर्घटना भएको हुनसक्ने आशङ्का गरिएको छ।

    दुर्घटनामा जीप चालक दलबहादुर बुढा घाइते भएका र उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको  प्रहरीले जनाएको छ ।  

    जीपमा पाँच जना यात्रु रहेका र चार जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार