Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युद्धग्रत युक्रेनको पूर्वी इलाकाका नागरिकलाई सुरक्षित स्थानमा जान राष्ट्रपति जेलेन्स्कीको निर्देशन


    आइतबार, साउन १५ २०७९
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । युक्रेनको पूर्वी क्षेत्र डोनोट्स्कमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान राष्ट्रपति जेलेन्स्कीको निर्देशन दिएका छन् ।

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक भिडियो सन्देश जारी गर्दै यस्तो निर्देशन दिएका हुन् । उनले यो क्षेत्रमा युद्ध चर्किन सक्ने चेतावनी पनि दिएका छन्।
    उनले धेरै मानिसले डोनोट्स्क क्षेत्र छाडिसकेको र बाँकी रहेका केही मानिसहरुलाई रुसी सेनाले मार्न सक्ने भन्दै उक्त स्थान छाड्न निर्देशन दिएका हुन्। रुसी सेनाले डोनेट्स्कको धेरैजसो क्षेत्रमा कब्जा जमाइसकेको छ।
    डोनेट्स्कको अर्को क्षेत्रमा रुस समर्थित विद्रोहीको कब्जामा रहेका ५० युक्रेनी कैदी मारिएको विषयमा राष्ट्रसंघ र रेड क्रसका अधिकारीहरुलाई अनुसन्धानको लागि रुसले अनुरोध गरेको छ ।

    त्यस पश्चात जेलेन्स्कीले डोनेट्स्कका नागरिकलाई सुरक्षित स्थानमा सर्न निर्देशन दिएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार