Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज साउन १५ गते आइतवारको राशिफल


    आइतबार, साउन १५ २०७९
    800
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आजबाट रोकिएको कार्य पुनः सुचारु हुन सक्छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । नयाँ र शुभकार्यको चर्चा पनि चल्ने छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    लामो समयदेखिका बाधाहरू स्वतः फुकुवा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउने छ । सफल र लाभदायक यात्राको योग पनि छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आश मारेको काम बन्ने ठछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आज परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    आज कुनै कुराले मनमा शान्ति छाउला । धार्मिक र न्यायिक कार्यमा सफलता मिल्ने छ । अधूरा कामकाज पनि सहज हुँदै जानेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । चलाखीपूर्ण बोलीले काम बन्ने छ । दैनिक कार्यमा प्रगति हुँदै जानेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    आज प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोबारमा मन्दी आउला । पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    शुभ समाचार सुन्न पाइएला । परिवारजनको साथले नयाँ आशा जगाउने छ । नयाँ सवारी साधन प्राप्तिको योग छ । अरुको मन जित्न सकिने छ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    मन भावुक र उत्ताउलो बन्नेछ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आज नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाव बढ्ने छ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
    सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला । घरायसी समस्या बढ्ने छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आज धार्मिक, सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्ने छ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । सन्तान सुख पनि मिल्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार