Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आपूर्तिमन्त्री बडू भन्छन् -आयल निगमलाई निजीकरण गरिँदैन


    आइतबार, साउन १५ २०७९
    810
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले  आयल निगमलाई निजीकरण गर्ने सम्भावना नरहेको बताएका छन् । आपूर्तिमन्त्री बडूले  पेट्रोलिमय पदार्थ आयातको एकाधिकार पाएको नेपाल आयल निगमलाई निजीकरण नगरिने दोहो¥याएका छन् ।
    हिजो  नेपाल एलपी ग्यास उद्योग सङ्घको २७औँ वार्षिक साधारणसभामा बाल्दै उनले भने, “निगमले निजी क्षेत्रको सहयोगमा नै नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति गरिरहको छ, निगमलाई निजीकरण गरिँदैन ।”
    सरकारले जनताप्रतिको दायित्व र जिम्मेवारीवोध गरेर पेट्रोलियम पदार्थमा लगाइँदै आइएको कर घटाइएको जनाउँदै उनले निगमको सञ्चित नोक्सानी कम गर्न अनावश्यक खर्च कटौतीका साथै निगममा सुधारको खाँचो औँल्याए।

    निजी क्षेत्रले भोग्दै आएको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री बडूले आफू समस्याको नीतिगत, पद्धतिगत र दीर्घकालीन समाधान खोज्न लागिपरेको बताए। “निजी क्षेत्रले व्यहोर्नुपरेको समस्या स्थायीरूपमा समाधान हुन्छन्, सरकारले त्यसतर्फ पहल गरिरहेको छ ।”

    कार्यक्रममा नेपाल उद्योग परिसङ्घका कावा अध्यक्ष कृष्ण अधिकारीले सरकारी नीतिका कारण निजी क्षेत्र पलायन हुनुपर्ने अवस्थामा पुगेको भन्दै उद्योगमैत्री, राष्ट्रिय उत्पादनमैत्री नीति ल्याउन आग्रह गरे । निजी क्षेत्रमैत्री नीति ल्याए मात्र लगानी बढ्ने उनको भनाइ थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार