काठमाडौं । संखुवासभाबाट तरकारीको बोरा मुनि लुकाएर भारत लान लागेको ६ बोरा गाँजा प्रहरील बरामद गरेको छ । उक्त गाँजा तरकारी बोकेको गाडीमा तरकारीको बिचमा लुकाएर भारततर्फ लान लागिएको थियो ।
प्रहरीले शनिवार बिहान बन्दागोभी बोकेको प्र १–०२–००१ ख नम्बरको मिनी ट्रकलाई जोगवनी ढाटमा रोकेर चेक जाँच गर्दा बन्दागोभीको बोरामुनि लुकाएर राखेको अवस्थामा ६ बोरा गाँजा (१५६) केजी फेला पारेको हो ।
ट्रक चालक धनकुटा सहिदभूमी गाउँपालिका ३ छिन्ताङका विवेक राईलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीका अनुसार सङ्खुवासभाबाट बन्दा कोपी लोड गरेर ल्याएको ट्रकमा धनकुटाबाट गाँजा राखिएको थियो ।