Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आज साउन १४ गते शनिवारको राशिफल


    शनिबार, साउन १४ २०७९
    1.9K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    मनमा दुबिधा उत्पन्न होला । श्रृङ्गारमा धन खर्च हुनेछ । आर्थिक कारोबारमा मन्दी आउने छ । प्रेमसम्बन्धमा बाधा पुग्नसक्छ, सचेत हुनुपर्छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    आज मनमा शान्तिको अनुभूति हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ । वैदेशिक कार्य पनि अघि बढ्ने छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आज पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने सम्भावना रहेको छ । व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    इच्छा र आकांक्षा पूर्ण हुनेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । वित्तीय संस्थाबाट लाभ नै मिल्ने छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    आज पनि समय भरपर्दो रहने छैन । दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ध्यान दिनुहोला । अप्रिय समाचारले दुःखी बनाउनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    रोकिए काम दोहोर्‍याएर गर्दा फाइदा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । जीवन साथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्ने छ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसँग भेटघाट हुनेछ । सोच्दै नसोचेको धन हातलाग्न सक्छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज सुखद् यात्राको योग छ । स्वविवेकको प्रयोगले कार्य सिद्ध हुनसक्छ । वित्तीय संस्थाबाट सहयोग पनि पाइने र दिन सुखद् रहनेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    आज आस्था बढ्ने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय नै हुनेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ ।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
    आज उमङ्ग र उत्साहमा कमी आउनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिकैको व्यक्तिबाट धोका पाइनसक्छ सचेत रहनुहोला ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आज धार्मिक कार्यमा मन जानेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्ने छ । सांगीतिक क्षेत्रमा रुचि बढ्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार