Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘हनी ट्रयाप’मा पारेर बार्गेनिङ गर्ने श्रीमान-श्रीमती पक्राउ


    शुक्रबार, साउन १३ २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले विभिन्न व्यक्तिलाई हनी ट्रयापिङमा पारेर मोलमलाई गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सोलुखुम्बुका २४ वर्षीय शेखर बाँस्तोला र उनकी पत्नी २० वर्षीया रोजिना राउत छन् ।

    उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका एसपी कृष्णप्रसाद कोइरालाका अनुसार उनीहरुले सामाजिक सञ्जालको माध्यमबाट चिजनान भएका पुरुषसँग अश्लिल कुराकानी गरेर फसाइदिने भन्दै मोलमोलाई गर्ने गरेका थिए ।

    ‘रोजिना राउतको श्रीमान्ले आफू साइबर ब्यूरोको प्रहरी निरीक्षक हो भन्दै परिचय गराउने गरेका थिए’ कोइरालाले भने । प्रहरीले यसअघि पनि नक्कली प्रहरी निरीक्षक बनेर हनी ट्यापिङमा पार्ने गिरोहलाई २ साउनमा समातेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार