Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चार वर्षमा १२० बाघ थपिए, नेपालमा बाघको कुल संख्या ३ सय ५५


    शुक्रबार, साउन १३ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको छ। अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर आज प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँमा आयोजित एक कार्यक्रममा चौंथो राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गरेका हुन् । गत मंसिर १९ गते सुरू भएर फागुन २८ गते बाघ गणना सम्पन्न भएको थियो।

    सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा १२५-१२५ पुगेको छ। त्यसैगरी पर्सा निकुञ्जमा ४१, शुक्लाफाँटा निकुञ्जमा ३६ र बाँके निकुञ्जमा २५ वटा बाघ छन् । बाघ पाइने पाँच वटै राष्ट्रिय निकुञ्जमा सङ्ख्या बढेको छ। सन् २०१० मा नेपालमा १ सय २१ बाघ रहेका थिए।

    विश्वबाटै बाघ लोपहुने आशंकाले सन् २०१० मै रुसको सेन्ट पिटर्सवर्गमा बाघ पाइने देशहरुले गरेको प्रतिवद्धता अनुरुप नेपालले सन् २०२२ मा लक्ष्य पूरा गरेको छ।

    सन् २०१८ मा २३५ वटा बाघ रहेकोमा चार वर्षमा १२० बाघ थपिएका छन्। बासस्थान व्यवस्थापन, उल्लेख्य आहारा प्रजाती, चोरी शिकार नियन्त्रण र बाघ संरक्षणमा समुदायको सहकार्यले गर्दा बाघको संख्यामा वृद्धि भएको बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार