Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इन्जिनमा समस्या देखिएपछि यति एयरलाइन्सको विमान इमर्जेन्सी अवतरण


    शुक्रबार, साउन १३ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बायाँ इन्जिनमा समस्या देखिएपछि पोखराबाट काठमाडौंका लागि उडेको यति एयरलाइन्सको विमान ६ मिनेटमा नै पोखरा विमानस्थलमा इमर्जेन्सी अवतरण गरेको छ ।

    पोखरा विमानस्थलबाट बिहान ८ः५४ बाजे काठमाडौंका लागि उडेको यति एयरको बायाँ इन्जिन फेल भएको जानकारी क्याप्टेनले दिएका थिए ।

    खरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार जहाजमा ४५ जना यात्रु सवार थिए । उडान भरेको ६ मिनेटमा नै अवतरण भएको जहाजका सबै यात्रु सकुसल रहेका छन्  ।

    जहाजमा सामान्य समस्या देखिएपछि एउटा इन्जिन बन्द गरेर जहाज अवतरण गरिएको यति एयरले जनाएको छ ।

    क्याप्टेनका कारण सफल अवतरण गर्न सफल भएको यति एयरले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार