Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाबुराम भट्टराई समूहको ‘नेपाल समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता


    बिहिबार, साउन १२ २०७९
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई समूहको नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । जनता समाजवादी पार्टीबाट अलग भएका भट्टराई समूहका नेताले  नयाँ पार्टी  नेपाल समाजवादी पार्टी  दर्ता गरेका हुन् । दर्ता भएको नयाँ पार्टीको चुनाव चिन्ह खुलेको आँखा रहेको छ।

    भट्टराईले २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा तत्कालीन नयाँ शक्तिबाट आँखा चुनाव चिन्हमा लडेर जितेका थिए ।

    जसपामा विवाद भएपछि पछिल्लो समय उपेन्द्र यादव र भट्टराई सौहार्दपूर्ण वातावरणमा  नै पार्टीबाट अलग हुने सहमति गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार