Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेप्से दोहोरो अंकले उकालो लाग्दा ४.९७ अर्ब कारोबार


    बिहिबार, साउन १२ २०७९
    895
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १५ अंक बढेको छ। बिहीवार नेप्से परिसूचक १५.४४ अंक बढेको हो। उच्च उतारचढावबीच आज बजार परिसूचक अंक ०.७३ प्रतिशतले बढ्दै २१२७.४२ अंकमा उक्लिएको छ ।

    बुधवार २३.८३ अंक बढेको बजार सोही क्रमलाई निरन्तरता दिँदै सकारात्मकता तर्फ लम्किएको छ। साताको छैठौं कारोबारको दिन ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स २.७० अंक बढेर ४०५.६२ मा उक्लिएको छ।

    बढ्दो बजारमा आज कारोबार रकम पनि बढेको छ। आज ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार १०५ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । १ करोड १९ लाख ५५ हजार ७६  कित्ता सेयर ७२ हजार ४५० पटकमा खरिद बिक्री भएको थियो जसमा २२१ कम्पनी सामेल थिए।

    १५ अंकले बजार बढ्दा बिन्दबासिनी हाइड्रो हाइड्रो, राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ।  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार