Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अपर तामाकोशीले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्दै


    बिहिबार, साउन १२ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने भएको छ ।  कम्पनीले पूँजी बृद्धिको लागि हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ।
    हाइड्रोपावर कम्पनीले भदौ ३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा साधारणसभा बोलाएको छ। सोहि सभामा कम्पनीले १ बराबर १ शेयरको अनुपातमा हकप्रद शेयर निश्काशन गर्ने प्रस्ताव पेश गर्ने छ।

    अपर तामाकोशी हाइड्रोपावरले शेयरधनीहरुलाई लाभांश भने वितरण नगर्ने भएको छ। सभामा सर्वसाधारण र संस्थापक शेयरधनीको तर्फबाट ५ जना सञ्चालकको निर्वाचन वा नियुक्त गर्ने प्रस्ताव समेत सभामा लैजादै छ।
     तामाकोशीले गत वर्षदेखि विजुली उत्पादन गर्न थालेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार