Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारी कागजात कीर्ते गरि डीएसपी भएका सिंहलाई ८ महिना कैदको फैसला


    बिहिबार, साउन १२ २०७९
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारी कागजात कीर्ते गरेर प्रहरी सेवामा प्रवेश गरेको आरोपमा दोषी ठहर भएका डीएसपी रमेशबहादुर सिंहलाई ८ महिना कैद र १५ हजार जरिवानाको फैसला सुनाइएको छ। 

    भ्रष्टाचार मुद्दामा विशेष अदालतले गत चैतमै डीएसपी सिंहलाई दोषी ठहर गरेको थियो। हालसालै सार्वजनिक भएको फैसलाको पूर्णपाठमा डीएसपी सिंहलाई ८ महिना कैद र १५ हजार जरिवनाको फैसला सुनाइको छ।
     
    जन्ममिति सच्याएर प्रहरी सेवामा प्रवेश गरेको पुष्टि गर्दै सिंहले भ्रष्टाचार गरेको ठहर गर्दै कैद र जरिवना सुनाइएको हो। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को ९१० बमोजिको कसुर सिंहले गरेको पूर्णपाठमा उल्लेख गरिएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार