Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मिरुना मगर बिरुद्ध बौद्ध भिक्षु तामाङले दिए अदालतमा मुद्दा


    बिहिबार, साउन १२ २०७९
    870
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अभिनेत्री मिरुना मगरको ‘ब्याड टच’ मुद्दा फेरि बल्झिएको छ । आरोपित भनिएका बौद्ध भिक्षु फ्र्वा साङ्मो तामाङले अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध काठमाडौं जिल्ला अलालतमा मुद्दा दर्ता गराएपछि यो पुनः कानुनी दायरामा आएको हो ।

    काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार तामाङले उनीहरुविरुद्ध गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गराएका हुन् ।

    प्राविधिक तामाङले मिरुनलाई उक्साउने काम गरेको भन्दै उनीविरुद्ध पनि कारवाहीको माग गरेको उजुरीमा उल्लेख छ । उनले अभिनेत्री र प्राविधिक दुबैले पुनः माफि माग्नु पर्ने फुर्वाले उजुरीमा उल्लेख गरेका छन् ।

    अधिकारी दाहालका अनुसार, उजुरीको आधारमा मिरुना र ठकुरीलाई २१ दिने म्याद सहित यस आरोपमा आफ्नो भनाई राख्नका लागि अदालत हाजिर हुन पत्र पठाइने छ । यदि तोकिएको समयावधिमा हाजिर नभएमा पुन २१ दिनको म्याद थपिने छ ।

    यतिबेला मिरुना लण्डनमा छन् । यस्तोमा उनको पत्र उनको घरमा जानेछ र यदि उक्त व्यक्ति हाजिर हुन नसकेमा वारेसनामा गरेर उनको प्रतिनिधित्व गरेका परिवारका कोही सदस्य जान पाउने प्रावधान रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार