Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दिउँसै लुटपाट गर्ने दुई युवा पक्राउ


    बिहिबार, साउन १२ २०७९
    985
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । जनकपुरधाममा महिलाको साथबाट दुई लाख रुपैयाँ लुटेर भागेका दुई जना युवक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ७ बस्ने २७ वर्षीय जितेन्द्रप्रसाद साह र २१ वर्षीय दीपेन्द्र मण्डल छन् ।

    पत्रकार सम्मेलन गरी प्रहरीले पक्राउ परेका दुवै जनालाई आज सार्वजनिक गरेको छ ।

    साह र मण्डलले जनकपुरधाम उपमहानगरपालिका १ बस्ने शर्मिला यादवले बैंकबाट झिकेर ल्याउँदै गरेको दुई लाखसहित उनको मोबाइल, नागरिकता र कागजात भएको झोला लुटेर भागेको  जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए ।

    अनुसन्धानका क्रममा साहको घरबाट शर्मिलाको लुटिएको मोवाइल र नगद ५४ हजार तथा मण्डलको घरबाट लुटिएकोमध्ये ७८ हजार रुपैयाँसमेत बरामद भएको एसपी रजौरेले जानकारी दिए ।

    प्रदेश २-०२-००५प००८५ नम्बरको मोटरसाइकलमा आएका दुबैले शर्मिलाको हातबाट झोला लुटेका थिए । पछि दुवै जनाले रकम बाँडफाँट गरेको प्रहरीले जनाएको छ ।

    साउदीमा रहेका श्रीमानले पठाएको रकम बैंकबाट झिकेर घरतर्फ जान लाग्दा मोनास्टिक स्कुल नजिकै  मोटरसाइकलमा आएका दुबैले रकम भएको झोला शर्मिलाको हातबाट खोसेर भागेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार