Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बन्चरेडाँडाका स्थानीयको चेतावनी– ‘भदौ १ देखि काठमाडौंको फोहर फाल्न दिन्नौ’


    बिहिबार, साउन १२ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले भदौ १ गतेदेखि बन्चरेडाँडातर्फ फोहोर लैजान नदिने चेतावनी दिएको छ । 
    आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक श्रीराम ढुंगानाले यस्तो चेतावनी दिएका हुन् ।

    आफुहरुसंग सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाका पदाधिकारीले गरेको सम्झौता पालना नगरेको तथा भएको सम्झौताअनुसार आफूहरूका माग पूरा नभएको भन्दै उनिहरुले सो चेतावनी दिएका हुन् ।

    ‘भदौ १ गतेदेखि कुनै पनि हालतमा उपत्यकाको फोहोरलबन्चरेडाँडामा फाल्न दिदैनैं’, संयोजक ढुंगानाले भने– ‘हाम्रो माग पुरा नभए भदौदेखी फोहोर उठदैन् ।’

    सरकारले जेठमा गरिएको सम्झौता र मागहरू पूरा नगरेको भन्दै माग पुरा गराउन बन्चरेडाँडाका स्थानीय अहिले काठमाडौं आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार