Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज साउन १२ गते बिहिवारको मौसम


    बिहिबार, साउन १२ २०७९
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।देशका धेरै भू-भागमा आज  पनि बर्षा हुने मौसमविदले जनाएका छन् ।हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ। 

    आज बिहिवार बिहान बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा वर्षा भइरहेको छ। दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    राति मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश प्रदेश र बागमतीका एक वा दुई स्थानमा भारी वर्षाको पनि आकलन गरिएको छ।
    शुक्रबार देशभर बदली रहनेछ। मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार