काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट युवा संगठनले युवाहरु देशव्यापी रुपमा राष्ट्रवादी विचारमा आकर्षित भएको निष्कर्ष निकालेको छ ।।वैकल्पिक शक्तिको रुपमा राप्रपाको अहिले दशव्यापी चर्चा छ, आकर्षण छ । अबको देश बनाउने शक्ति राप्रपा नै हो भन्ने युवाहरुमा विश्वास बढेको छ ।
जनताको यही चाहनालाई मध्यनजर गर्दै युवाहरु पार्टीको मेरुदण्डको रुपमा खडा हुनेछौं, चुनावमा दिलोज्यानदिएर लागी पर्ने छौं,’ राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन (राप्रयुसं) का अध्यक्ष राजु लोहनीले वुधबार संगठनको विस्तारीत वैठकलाई सम्बोधन गर्दै भने ।राप्रयुसंका अध्यक्ष लोहनीले आगामी चुनावमार्फत राप्रपालाई अग्रणी शक्ति बनाउन ७७ जिल्लामै युवाहरु अहोरात्र खट्ने बताए । विधि र विधानलाई सर्वोपरी राख्दै मातृसंस्था राप्रपालाई प्रजातान्त्रिक तवरले अघि बढ्न सहयोग गर्ने, खबरदारी गर्ने बताए । राप्रयुसंका उपाध्यक्ष गुणराज राजभण्डारीले बताए अनुसार, संगठनले भदौ मसान्तभित्र महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।
निर्धारीत कार्यतालिकाबमोजिम युवा संगठनले भदौ २९, ३० र ३१ गते राष्ट्रिय महाधिवेशनसम्पन्न गर्नेछ ।त्यसैगरी युवा संगठनले साउन १५ गतेदेखि २५ गतेसम्म वडा, गाउँपालिका, नगरपालिका तह र साउन २६ गतेदेखि भदौ २ गतेसम्म प्रदेशसभा समितिको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।
भदौ ३ गतेदेखि १० गतेसम्म क्षेत्रीय समितिको निर्वाचन, भदौ ११ गतेदेखि १६ गतेसम्म जिल्ला कार्य समितिको निर्वाचन, भदौ १७ गतेदेखि २२ गतेसम्म प्रदेश समिति गठन गर्ने,भदौ २३ र २४ गते केन्द्रीय प्रतिनिधिहरुको निर्वाचन गर्ने तय गरेको छ । राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित विस्तारित वैठकले महाधिवेशनको कार्यक्रमहरु अनुमोदन गरेको छ ।संगठनले २२५ सदस्यसहित केन्द्रीय समितिले विस्तार गरेको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend