काठमाडौं । अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाममा सहभागि नहुने भन्दै पत्राचार गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नभएकोबारे संसदीय समितिले सरकारसँग कारण माग गर्ने भएको छ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकालाई हालसम्म पत्राचार नगर्नुको कारण माग गर्ने निर्णय गरेको समिति सभापति पवित्रा निरौला खरेलले बताइन्।
यस्तै समितिले रक्षा मन्त्रालयमार्फत एसपीपीका सम्बन्धमा पत्राचार भएका सबै दस्तावेज माग गर्ने भएको छ।‘मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा भइरहेको ढिलाईबारे सरकारसँग कारण माग गर्ने समितिको निर्णय छ।
रक्षा मन्त्रालयले एसपीपीको विषयमा अहिलेसम्म गरेका पत्राचार र आदानप्रदान भएका दस्तावेज माग्ने समितिको निर्णय छ,’ सभापति नरौलाले भनिन्।
समितिको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पत्राचारमा भइरहेको ढिलाईबारे परराष्ट्रमन्त्रीसँग जवाफ माग्नुपर्ने बताएका थिए।यस्तै, एमाले नेता भीम रावलले यस विषयका दस्तावेज समितिले अध्ययन गर्नुपर्ने धारणा राखेका थिए।
सार ६मा बसेको मन्त्रिपरिषद्को बैठकले एसपीपीमा सहभागि नहुने भन्दै अमेरिकालाई पत्राचार गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को यस निर्णय हालसम्म पनि कार्यान्वयन भएको छैन ।
निर्णय कार्यान्वयनमा भइरहेको ढिलासुस्तीप्रति संसदमा समेत बारम्बार प्रश्न उठिसकेको छ। यस विषयको प्रगतिबारे सदनमा जानकारी दिन सरकारलाई सभामुख अग्निप्रसाद सापकोटाले समेत रुलिङ गरेका थिए।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend