काठमाडौं । अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाममा सहभागि नहुने भन्दै पत्राचार गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नभएकोबारे संसदीय समितिले सरकारसँग कारण माग गर्ने भएको छ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकालाई हालसम्म पत्राचार नगर्नुको कारण माग गर्ने निर्णय गरेको समिति सभापति पवित्रा निरौला खरेलले बताइन्।
यस्तै समितिले रक्षा मन्त्रालयमार्फत एसपीपीका सम्बन्धमा पत्राचार भएका सबै दस्तावेज माग गर्ने भएको छ।‘मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा भइरहेको ढिलाईबारे सरकारसँग कारण माग गर्ने समितिको निर्णय छ।
रक्षा मन्त्रालयले एसपीपीको विषयमा अहिलेसम्म गरेका पत्राचार र आदानप्रदान भएका दस्तावेज माग्ने समितिको निर्णय छ,’ सभापति नरौलाले भनिन्।
समितिको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पत्राचारमा भइरहेको ढिलाईबारे परराष्ट्रमन्त्रीसँग जवाफ माग्नुपर्ने बताएका थिए।यस्तै, एमाले नेता भीम रावलले यस विषयका दस्तावेज समितिले अध्ययन गर्नुपर्ने धारणा राखेका थिए।
सार ६मा बसेको मन्त्रिपरिषद्को बैठकले एसपीपीमा सहभागि नहुने भन्दै अमेरिकालाई पत्राचार गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को यस निर्णय हालसम्म पनि कार्यान्वयन भएको छैन ।
निर्णय कार्यान्वयनमा भइरहेको ढिलासुस्तीप्रति संसदमा समेत बारम्बार प्रश्न उठिसकेको छ। यस विषयको प्रगतिबारे सदनमा जानकारी दिन सरकारलाई सभामुख अग्निप्रसाद सापकोटाले समेत रुलिङ गरेका थिए।
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend