Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • २४ घण्टामा ५६४ जनामा कोरोना सङ्क्रमण पुष्टि, १ जनाको मृत्यु


    बुधबार, साउन ११ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नेपालमा थप ५ सय ६४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ४५४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४१८ तथा एन्टिजेन विधिबाट १४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    यता थप २०२ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ९२९ पुगेको छ । यही अवधिमा थप १ जना सङ्क्रमितको मृत्युसमेत भएको छ ।

    पछिल्लो २४ घण्टामा १ लाख १ हजार ६ सय जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार