Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मिडियालाई समय सापेक्ष परिमार्जित गर्दै लैजानुपर्छ : प्रधानमन्त्री देउवा


    बुधबार, साउन ११ २०७९
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारमाध्यमहरूलाई समय सुहाउँदो रुपमा परिमार्जित गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् ।

    बुधवार काठमाडौंमा राष्ट्रिय समाचार समितिको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

    विश्वमा सूचना तथा प्रविधिको द्रुतगतिमा भइरहेको विकासलाई मध्यनजर गरेर सहज र आधुनिक माध्यमबाट नागरिकलाई सत्यतथ्य सूचना प्रकाशन गर्न सक्नुपर्ने प्रधानमन्त्री देउवाले बताए ।

    उनले सत्यतथ्य सूचना प्रशारण गर्न सकेमात्र लोकतन्त्र संस्थागत हुने बताए । प्रधानमन्त्री देउवाले नागरिकको सूचनाको हकलाई निश्चित गर्न सञ्चारमाध्यमलाई थप चुस्त बनाउन आवश्यक रहेको उल्लेख गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार