Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • गृह जिल्ला झापा जाँदै ओली, निर्वाचन तयारीबारे छलफल गर्ने


    बुधबार, साउन ११ २०७९
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुई दिनका लागि आज गृह जिल्ला झापा जाने भएका छन । दुई दिनसम्म झापा बस्ने अध्यक्ष ओलीले संघीय निर्वाचनको तयारीलगायतका विषयमा स्थानीय कार्यकर्तासँग छलफल र राय लिने कार्यक्रम तय भएको छ । 

    झापा यात्राको क्रममा आज बिर्तामोडमा आयोजना हुने नेपाल उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा सहभागी हुने अध्यक्ष ओलीले त्यसपछि पार्टीका जनवर्गीय संगठनका पदाधिकारी नेतासँग अलग अलग भेटघाट गर्ने कार्यक्रम रहेको जनाईएको छ ।

    विहिवार दमकमा ओलीले आफ्ना नेता तथा कार्यकर्तालाई भेटघाट गरेपछि काठमाडौं फर्कने कार्यक्रम तय गरिएको ओलीका सांसद प्रतिनिधि होमबहादुर थापाले जानकारी दिए । 

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार