Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अपहरण गरि फिरौती माग्ने युथ फोर्स र वाइसिएलका नेता पक्राउ


    बुधबार, साउन ११ २०७९
    940
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । एक व्यक्तिको अपहरणगरी फिरौती माग्ने नेकपा एमाले निकट युथ फोर्स र नेकपा माओवादी केन्द्र निकट वाइसिएलका नेताहरू पक्राउ परेका छन् ।

    युवतीको प्रयोग गरी अपहरण गरेर फिरौती माग्ने दाङको बबई गाउँपालिका–४ का ३५ वर्षीय लिला बिक र सोहि उमेरका मार्शल भनिने नेवबहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको हो । बिक युथ फोर्स तथा घर्ती वाईसिएलका स्थानिय नेता हुन् ।

    उनिहरुसंगै फिरौती माग्ने कार्यमा संलग्न दाङको तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेका २५ वर्षीय शुकलाल बिक, कपिलवस्तु शिवराज नगरपालिका–९ का २० वर्षीय मनोज थारु, प्युठानको गौमुखी गाउँपालिका–७ घर भई हाल दाङको तुलसीपुर–६ बस्ने २४ वर्षीय जनक कुँवर समेतलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जनाएका छन् ।

    पूर्वयोजना अनुसार सोमबार दाङ तुलसीपुर–७ की २६ वर्षीया निर्मला बिकलाई प्रयोगगरी दैलेखको चामुन्डाबिन्द्रसैनी नगरपालिका–३ का २७ वर्षीय केशवकुमार बिकलाई बुटवल बोलाएर सो समुहले उनको अपहरण गरेका थिए ।

    बुटवल पुगेका केशवलाई अपहरणपछि उक्त समूहले तुलसीपुर उपमहागरपालिका–५ को सल्यान रोडस्थित एक होटलमा पुयाएको डिएसपी अर्यालले जनाए । अपहरणकारिहरुले केशवसंग सात लाख रुपैयाँ फिरौती मागेको उनले जनाए ।

    दैलेखबाट केशवकी श्रीमतीले इप्रका तुलसीपुरमा मंगलबार दिउँसो साढे ४ बजे श्रीमान अपहरणमा परेको जानकारी गराएपछी प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।

    डिएसपी अर्यालका अनुसार अपहरित केशव साउदी अरबमा काम गर्दै आएका थिए । आरोपित मध्येका मनोज थारू र सुकलाल बिक पनि केशवसँगै साउदीमा काम गर्ने गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार