Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सडक भित्तामा बस ठोकिएर आगलागी, ३३ जना घाइते, ६ गम्भीर


    बुधबार, साउन ११ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रीवाहक बसमा आगलागी हुँदा ३३ यात्री घाइते भएका छन् ।

    आज बिहान साढे ५ बजे विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने सडकखण्डको विश्वकर्मा मन्दिरनजिक बस दुर्घटना भई आगलागी भएको हो ।

    पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख ५१०० नम्बरको बस अनियन्त्रित भई सडकबाट उत्तरतर्फ पहाडमा ठोक्किएको प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिए ।

    आगलागीबाट यात्री घाइते भएका हुन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको महर्जनले बताए ।

    घाइते आठ यात्रीको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज र अरूको मध्यविन्दु जिल्ला अस्पताल डन्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार