काठमाडौं । प्र्याङ्क भिडियोका बनाउने भन्दै महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन् ।
पक्राउ परेका युट्युबर नवलपरासीका २६ वर्षीय प्रदीप भनिने पूर्णचन्द्र भुसाल रहेको प्रहरीले जनाएको छ । भुसाल ‘बदमास केटा’ नामक युट्युब च्यानलका सञ्चालक रहेको खुल्न आएको छ ।
उनले बाटोमा हिँडिरहेकी महिलालाई ‘पैसा, मोबाइल, गर गहना नदिए एसिड हान्छु’ भनेर प्र्याङ्क भिडियो बनाएका थिए ।भुसाललाई प्रहरीले नवलपरासीबाट पक्राउ गरेको छ ।
उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अनुसारको कसुरमा ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।