Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न गृह मन्त्रालयको निर्देशन


    मंगलबार, साउन १० २०७९
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गृह मन्त्रालयले आफ्नो कार्यालयमा भएको सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न निर्देशन दिएको छ ।

    मंगलबार गृहसचिवस्तरको निर्णयबाट मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई तीन महिनासम्म अनिवार्य सीसीटीभी फुटेज सुरक्षित राख्न निर्देशन भएको हो । 

    मन्त्रालयले तीन महिनासम्म गृहको सीसीटीभी फुटेज सुरक्षित रहने पनि स्पष्ट पारेको छ ।

    मन्त्रालयले सिंहदरबार क्षेत्रको सीसीटीभी व्यवस्थापन सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय सचिवालयले व्यवस्थापन गर्ने जनाएको छ । 

    सिंहदरबारभित्रको सीसीटीभीको निरीक्षण/अनुगमन नेपाल प्रहरीको सिंहदरबार भित्र रहेको ‘सिंहदरबार सुरक्षा गण’ले गर्ने पनि मन्त्रालयले प्रष्ट पारेको छ ।

    सीसीटीभीसम्बन्धी कार्यविधिमा सार्वजनिक कार्यालयका सीसीटीभी फुटेज तीन महिनासम्म सुरक्षित राख्नुपर्ने व्यवस्था छ । तर, पछिल्लो समय अर्थ मन्त्रालयले १३ दिन मात्र सीसीटीभी फुटेज सुरक्षित रहने बताएपछि गृहमन्त्रालयले निर्देशन नै दिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार