काठमाडौं । सद्भाब युवा समाज नेपाल-कतारले सिन्धुलीको झाँगाझोली ३ रातमाटामा एक दिने नि:शुल्क आँखा शिबिर सम्पन्न गरेको छ । सदभाब युवा समाजकोे आयोजना तथा तिलगंगा आँखा अस्पतालको सहयोगमा हिजो साउन ७ गते शनिवार सिन्धुलीको झाँगाझोली ३ रातमाटामा सम्पन्न आँखा शिबिर मा ३७१ जनाले प्रत्यक्ष आखा जाँच गरेर लाभ लिएका थिए ।
उक्त्त शिबिरमा सेवा लिने ३७१ जना बिरामीलाई नि शुल्क औषधी तथा चस्मा बितरण गरिएको सद्भाब युवा समाज नेपालका अध्यक्ष प्रदिप रुपाखेतिले बताए। आज भोली गाउँका धेरै जसो घरमा बुढाबुढी बुबाआमा मात्रै रहेका र बिषेश रोग नलागी जचाँउन अस्पताल जान नखोज्ने र कामको ब्यस्तताले आँखा जाँच गराउन जान नपाएका गाँउका सर्वसाधारणलाई नि:शुल्क आखा शिबिरले धेरै ठुलो राहत मिलेको सुनकोसी गाँउ पालिका ३ का वडा अध्यक्ष चन्द्र बहादुर श्रेष्ठले बताए।
उक्त शिबिरमा स्थानीय वासीकोे बाक्लो उपस्थिति रहेको र मोतिबिन्दुको समस्या भएका १६ जना बिरामीलाई निशुल्क शल्यक्रिया गर्न तिलगङ्गा आखा अस्पताल रामेछापको मन्थलीमा ब्यबस्था गरिएको तथा शिबिरमा नि शुल्क प्रेसर जाच समेत गरेको सद्भाव युवा समाज नेपालका सचिव बाबुराम दाहालले बताए ।
सहयोग , सदभाब र सामाजिक उत्तरदायित्वको मुल नारालाई आत्मसात् गर्दै सदभाब युवा समाज नेपाल(कतार ले गरेका सामाजिक कामको बिबरण धेरै लामो छ । मरुभूमिमा रोजगारीको सिलसिलामा कतारको एयरपोर्टमा काम गर्ने साथीभाइलाई भैपरी आउने समस्यामा सहयोग गर्न भनि २००८ मा स्थापना भएको संस्था सद्भाव युवा समाजले हाल नेपालमा पनि बिधिवत रुपमा दर्ता भई सद्भाव युवा समाज नेपाल र सद्भाव युवा समाज कतार मिलेर सामाजिक कार्यमा जुट्दै आएका छन् ।