काठमाडौं । भक्तपुरको सल्लाघारीस्थित इवामुरा अस्पतालनजिकै आज रूख ढलेर बस र स्कुटर किच्दा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। रूख कसरी ढल्यो भन्ने विस्तृत विवरण आउन बाँकी छ।
ही घाइतेहरूको अवस्था गम्भीर छ। घाइतेहरूलाई इवामुरा अस्पताल, भक्तपुर इन्टरनेशनल अस्पताल र मध्यपुर ठिमी अस्पतालमा पठाइएको भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिएका छन् ।
लोकन्थली, कौशलटार, गठ्ठाघर, राधेराधे रूटमा चल्ने बा २ ख ३५८४ नम्बरको बसलाई रूखले किचेको हो। बा ६१ प ३९७८ नम्बरको स्कुटर पनि पुर्ण रुपले च्यापिएको छ। प्रहरी टोली अहिले घटनास्थलमै छ। अहिले क्रेनले रूख हटाउने काम गरिरहेको छ।