काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ। प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ।
आज बस्ने प्रतिनिधि सभाको बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेस हुनेछ।
त्यस्तै कारागार विधेयक, २०७६ छलफलका लागि पेस हुने र आजै उक्त कारागार विधेयक पारितका लागि प्रस्ताव गरिने कार्यसूची रहेको छ।
त्यसैगरि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकमाथि राष्ट्रिय सभावाट भएको संशोधनमाथि विचार गरियोस भनी प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
यस्तो छ आजको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचि
