Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हिन्दू राष्ट्र पुनःस्थापनाका लागि भदौमा आन्दोलन गर्ने राप्रपाको निर्णय


    शनिबार, साउन ७ २०७९
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) ले भदौ महिनादेखि  उपत्यकाकेन्द्रित जनस‌घर्षका कार्यक्रम सञ्चालन गर्ने भएको छ।

    पार्टीको  आज शनिबार सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले साउन महिनाभित्र राष्ट्रव्यापी विरोध कार्यक्रम सम्पन्न भएपछि भदौमा जनससंघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । राप्रपाको गत बिहिवारदेखि सुरु भएको केन्द्रीय कार्य समितिको बैठक शनिबार सम्पन्न भएको छ।

    काठमाडौंको धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको बैठकले राष्ट्रियता, प्रजातन्त्रको रक्षा, भ्रष्टाचारको अन्त्य, संवैधानिक राजसंस्था र वैदिक सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र पुनस्थापनालगायत विषयमा आन्दोलन सञ्चालन गर्ने निर्णय गरेको छ ।
    बैठकले गत स्थानीय तह निर्वाचनमा सरकार निष्पक्ष नरहेको भन्दै आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र विश्वसनीय रूपमा सम्पन्न गर्न माग गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार