Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फुटबल खेलाउन रेफ्री लक्ष्मी र मेरिना डेनमार्क प्रस्थान


    शनिबार, साउन ७ २०७९
    995
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। फुटबल रेफ्री द्वय लक्ष्मी श्रेष्ठ र मेरिना धिमाल डेनमार्क प्रस्थान गरेका छन् ।  युरोपेली राष्ट्र डेनमार्कमा आयोजना हुने अन्तर्राष्ट्रिय डाना कप प्रतियोगिता खेलाउन  उनीहरु त्यसतर्फ प्रस्थान गरेका हन् ।  डेनमार्कमा आगामी २५ देखि ३० जुलाईसम्म हुने युथ सकर अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक भूमिकामा देखिने दुई रेफ्री शनिबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

    दुई रेफ्रीसँगै नेपाल क्रिकेट टिमबाट राजिनामा दिएका पुबुदु दासानायके समेत स्वदेश फर्किएका छन् । रेफ्री द्वय श्रेष्ठ र धिमालले घरेलु महिला प्रतियोगितासँगै एएफसी यु–१४,  यु–१४ महिला साफ च्याम्पियनसिप, १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग०लगायत प्रतियोगितामा असिस्टेन रेफ्रीको भूमिका निर्वाह गरेका छन् ।

    सन् सन् १९८२ बाट आयोजना सुरु भएको डाना कपमा ४५ देशका एक हजारभन्दा बढी टिम सहभागी हुने आयोजक टिमका मार्केटिङ म्यानेजर एलिसन लाइज फोरम्यानले जानकारी गराएका छन् ।

    जुन प्रतियोगिता डेममार्कनै सवैभन्दा ठूलो स्पोर्टस् इभेन्ट हो । जसलाई विश्वकै सबैभन्दा ‘टप’ वरियताको युथ प्रतियोगिता मानिन्छ । युईएफएले मान्यता दिएको प्रतियोगितामा २० हजारभन्दा बढी सहभागी हुनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार