फाइल फोटो
काठमाडौं । वाग्मतीभित्र चल्ने सार्वजनिक सवारीको भाडामा बृद्धि भएको छ । मन्त्रीपरिषद् निर्णयबाट वाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले ११ प्रतिशतसम्म भाडा बढाएको छ । बढेको भाडादर बाग्मती प्रदेश सरकारले राजपत्रमा प्रकाशन गरेको छ ।
भाडा वृद्धिपछि पनि काठमाण्डौ उपत्यकामा सुरुको भाडादर अर्थात् पाँच किलोमिटरसम्मको २० रुपैयाँ नै कायम रहेको छ । त्यस्तै १० किलोमिटरसम्मको भाडा २५ बाट बढेर २७ रुपैयाँ पुगेको छ ।
१५ किलोमिटरसम्मको भाडा ३० बाट बढेर ३२, २० किलोमिटरसम्मको भाडा ३३ बाट ३५ र २० किलोमिटरभन्दा माथिको भाडा ३८ बाट ४० रुपैयाँ पुगेको छ । यस्तो छ वाग्मतीभित्र चल्ने सार्वजनिक सवारीको बढेको भाडादर ।