Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जागिर लगाइदिने भनेर उपमेयरले लगे गोप्य कोठामा, महिलाले दिइन् जबर्जस्ती करणीको मुद्दा


    शुक्रबार, साउन ६ २०७९
    845
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कम्प्युटर अपरेटरको जागिर लगाइदिने भनि बिहान ८ बजे कार्यालयमा बोलाएर गोप्य कोठामा लगि जबर्जस्ती करणी गर्न खोजेको आरोप एक उपमेयरमाथि लागेको छ ।

    सिराहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतोमाथि सोही नगरपालिकाकी २१ वर्षीया एक महिलाले उक्त आरोप लगाएकी छन् । 

    ती महिलाले जिल्ला प्रहरी कार्यालय सिराहामा बिहीबार उपमेयर महतोमाथि जबर्जस्ती करणी उद्योगमा जाहेरी दर्ता गराएको सिराहाका प्रहरी प्रवक्ता डिएसपी सुवास बुढाथोकीले जनाएका छन् ।

    गत स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी(जसपा) बाट निर्वाचित भएका महतोले एक महिना अगाडि ती महिलालाई कार्यकक्षमा बोलाएर जबर्जस्ती करणीको प्रयास गरेको जाहेरीमा उल्लेख गरिएको छ ।

    महिला रोइकराई गर्न थालेपछि उपमेयर महतोले घटना बाहिर नलान आग्रह गरेको बताइएको छ । उनको कार्यकक्षबाट निस्केर आफ्ना अभिभावकलाई घटनाबारे जानकारी दिएको ती महिलाले जनाएकी छिन् ।

    केही दिनअघि नगरपालिकाले दैनिक ज्यालादारीमा कम्प्युटर अपरेटर सम्बन्धी विज्ञापन निकालेको  थियो । सोही पदमा जागिरका लागि ‘सिफारिश’ गरिदिने भन्दै उपमेयर महतोले बिहानै कार्यालयमा बोलाएर बलात्कारको प्रयास गरेको जहेरीमा उल्लेख गरिएको छ ।

    घटनाबारे थप अनुसन्धान भईरहेको डिएसपी बुढाथोकीले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार