काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी विवाद समाधानका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अघि सरेका छन् । पछिल्ला दिनहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्वादहिनताको अवस्था बढेको भन्दै प्रचण्डले समस्या समाधानमा तदारुकता देखाएका हुन् ।
बिहीबार प्रचण्डले ओलीका विश्वास पात्र नेकपा महासचिव विष्णु पौडेलसँग भेटे । खुमलटारमा भएको सो भेटघाटमा प्रचण्डले विवाद समाधान गर्नका लागि आफू र ओलीबीच सम्वाद हुनुपर्ने बताएका थिए । खुमलटार स्रोतले जनाएअनुसार प्रचण्डले पौडेलमार्फत ओलालाई निकास नै निकाल्ने गरी छलफल गर्ने प्रस्ताव राखेका छन् ।
गत साउन १३ को स्थायी समिति बैठक ओलीले एकपक्षीय ढंगले स्थगित गरेका थिए । पछिल्लो समय स्थायी समिति प्रति ओलीको नकारात्मक धारणाको कारण नेकपामा भाँडभैलो मच्चिएको छ ।
ओलीले स्थगित गरेपनि बहुमत सदस्यसहितको स्थायी समिति बैठकले विवाद समाधान गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो ।
सोहीकारण नै प्रचण्डले पौडेललाई बोलाएर यस्तो प्रस्ताव राखेको बुझिएको छ। गत मंगलबारदेखि नेकपाका दुई अध्यक्षबीच टेलिफोन सम्पर्क समेत हुन सकेको छैन ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend